Like us!
Follow us!
Connect us!
Watch us!

जिल्ला प्रशासन कार्यालय,ललितपुरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

मंगलबार, २४ बैशाख २०७६, ११ : ३८ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय,ललितपुरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

अर्थ संसार,काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडल  सोमबारदेखि ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टरसुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टर संगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ ।

यसैगरि, बैंकले मिति २०७६ बैशाख २२ गतेडोटीजिल्लाको जोरायल गाउँपालिका – १, गैरामा १३२ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यसका साथसाथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटीअस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा ए.टि.एम. सेवा समेत सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३७ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४४ एटिएम, ११ वटा एक्सटेन्सन काउण्टर तथा १३२शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

5cd11e03073b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको