Like us!
Follow us!
Connect us!
Watch us!

आज विदेशी मुद्राको विनिमयदर कति छ ? (विनिमयदर सूचीसहित)

बुधबार, २५ बैशाख २०७६, ११ : २७ मा प्रकाशित

आज विदेशी मुद्राको विनिमयदर कति छ ? (विनिमयदर सूचीसहित)

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७९ पैसा कायम गरेको छ भने  बिक्री मूल्य १११ रुपैयाँ ३९ पैसा रहेको छ ।मंगलबारका  लागि एक अमेरीकी डलरको खरिददर ११० रुपैयाँ ७६ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपैयाँ ३६ पैसा


त्यस्तै बैंकले एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७४ पैसा कायम गरेको छ । मंगलबार एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७५ पैसा रहेको थियो। 

त्यसैगरी बुधबारका लागि बैंकले एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९७ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ७५ पैसा कायम गरेको छ । मंगलबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १३ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ९२ पैसा रहेको छ।  

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ १३  पैसा र बिक्रिदर ३६६ रुपैयाँ ११ पैसा रहेको छ ।

5cd26f1f18bf5.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको