Like us!
Follow us!
Connect us!
Watch us!

‘मिष्टर हिमालय नेपाल २०१९’ हुने

बुधबार, २५ बैशाख २०७६, १८ : ०९ मा प्रकाशित

‘मिष्टर हिमालय नेपाल २०१९’ हुने

अर्थ संसार, काठमाडौं– पुरुषहरुका लागि सौदर्य प्रतियोगिता ‘मिष्टर हिमालय नेपाल २०१९’ आयोजना हुने भएको छ । देशभर छरिएर रहेका र अवसरको खोजिमा रहेका पुरुषहरुको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।

आयोजक फेसन सिटीले बुधबार एक बिज्ञप्ती जारी गर्दै  प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । देशभरका जुनै स्थानमा पुरुषहरुले सहभागिता जनाउन सक्ने प्रतियोगितामा १८ देखि ३२ बर्षसम्म उमेर हद तोकिएको छ ।
नेपाल मोडलिङ संघको सपोट रहेको प्रतियोगिताको अन्तिम स्पर्धा होटल अन्नपुर्णमा आगामी २८ असारमा आयोजना हुनेछ । शिर्ष सहित प्रतियोगितामा करिब आधा दर्जन बढि बिजेता छानिनेछ । शिर्ष बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अफरका बिभिन्न गिफ्ट पुरस्कारको रुपमा जित्न सक्नेछन् ।
प्रतियोगिताको पहिलो अडिसन जेठको दोस्रो साता हुनेछ । पहिलो अडिसनबाट छानिएका प्रतियोगिलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका प्रशिक्षण सहित अन्तिमस्पर्धामा उतारिने छ ।
महिलाको तुलनामा पुरुषहरुको सौदर्य प्रतियोगिता निकै न्युन हुने गरेकोले ‘मिष्टर हिमालय नेपाल’ आयोजना गर्नु परेको नेपाल फेसन सिटीकी प्रवन्ध निर्देशक रुथ मास्केले जानकारी दिइन् ।
प्रतियोगितामा सहभागीताका लागि लागि नेपाल फेसन सिटीको वेभसाइट तथा कुपन्डोलमा रहेका कार्यलयबाट आवेदन भर्न सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको