Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने छुटला है मौका,शुक्रबार देखि दुई आईपिओ खुल्दै

अर्थ संसार

बुधबार, २५ बैशाख २०७६, २१ : ०३ मा प्रकाशित

लगानी गर्ने छुटला है मौका,शुक्रबार देखि दुई आईपिओ खुल्दै

अर्थ संसार, काठमाडौं – थोरै पैसा भए पनि न आतिनुस, किनकी अब तपाईं सँग बैंकमा हजार रुपैयाँ छ भने पनि तपाईंले अब आईपिओमा लगानी गर्न सक्नु हुन्छ। नेपालको धितोपत्र बोर्डको नयाँ नियम अनुसार अब आवेदकले मात्र १० कित्ताको लागि आवेदन दिन सक्ने छन्।   

यसै बिच शुक्रबार देखि जनसेवी लद्युवित्त र स्वाभिमान लद्युवित्त वित्तीय संस्थाको आइपिओ निश्कासन हुँदैछ । साधारण सेयर जारी गर्न दुबै कम्पनीले  आह्वानपत्र समेत प्रकाशन  गरीसकेका छन् ।

जनसेवी लद्युवित्त वित्तीय संस्था

जनसेवी लघुवित्तले १०० रुपैयाँलाई आधार मानेर कुल ४ करोड ६३ लाख ३० हजार रुपैयाँको चार लाख ६३ हजार ३ सय कित्ता आइपीओ विक्री गर्ने भएको हो । जसमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । तर लघुवित्तको १० कित्ता सेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले आईपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ । यस संस्थाको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले गर्ने भएको छ ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल आइपीओ मध्ये २३ हजार एक सय ६५ कित्ता सामुहिक लगानीकोषहरुका लागि र सात हजार एक सय ४५ कित्ता कर्मचारीकालागि छुट्टाएको छ भने बाँकी ४ लाख ३२ हजार नौं सय ९० कित्ता सेयर सर्वसाधारणमा निष्काशन हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि वैशाख २७ गते देखि नैे एक लाख ९८ हजार छ सय १० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । लगानीकर्ताले उक्त आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ ।

संस्थाको कूल निष्काशित आईपिओ मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र नौं हजार नौं सय ३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्टाएको छ भने बाँकी एक लाख ८५ हजार पाँच सय ८७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । स्वाभिमानको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।

हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तहरुको आईपिओ खरिद गर्न इच्छुक लगानीकर्ताले मेरो सेयर तथा लगानीको खाता रहेको सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट  वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

5cd2f5bca1581.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको