Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको नाफा २३.०९ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

विहीबार, २६ बैशाख २०७६, ११ : ४५ मा प्रकाशित

कृषि विकास बैंकको नाफा २३.०९ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौ - कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपैयाँ रहेको खुद नाफालाई अहिले २३.०९प्रतिशतले  वृद्धि गरेको हो ।
 

कृषिले गत वर्ष १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमासमा यस बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३२ करोड ९७ लाख २९ हजार रुपैयाँ छ । खुद ब्याज आम्दानी २०.०८५ ले वृद्धि गरी ५ अर्ब ३० करोड १९ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ ।
 
कृषि विकास बैंकले आफ्ना ग्राहकबाट १ खर्ब १२ अर्ब ८४ करोड ८७ लाख ७० हजार रुपैयाँ निक्षेप लिएर १ खर्ब ९ अर्ब ८८ करोड ३९ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थालाई ४९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
यता, खराब कर्जा ४.२२  प्रतिशत र कस्ट अफ फन्ड ७।३६५ रहेको छ । यस बैंकको बेस रेट ११.१६ प्रतिशत रहेको छ । कृषिको सेयर पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ९ अर्ब ८६ करोड ९२ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ ।

रिटेन्ड् अर्निङ २ अर्ब ६९ करोड ४२ लाख ३१ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ १० पैसा पुगेको छ । गत वर्ष यो २२ रुपैयाँ ९६ पैसा मात्र थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको