Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको उत्साहजनक प्रगति, कसरि पुग्यो अर्बपति सुचिमा

कमला भुसाल

विहीबार, २६ बैशाख २०७६, ११ : ५८ मा प्रकाशित

एनसीसी बैंकको उत्साहजनक प्रगति,  कसरि पुग्यो अर्बपति सुचिमा

अर्थ संसार, काठमाडौं - नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)ले चालु आर्थिक वर्षको तेश्रो त्रैमास अवधिको वित्त्यीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले उत्साहजनक प्रगति गरेको छ। 

एनसीसी बैंकले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा १ अर्ब १६ करोड ४० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस बैंकले ८८ करोड ८० लाख १९ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो।  गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ३१ दशमलव ०८ प्रतिशतले बढी देखिएको हो।  यसकारण एनसीसी बैंक पनि 
अर्बपतिको सूचीमा पुग्न सफल भएको छ ।

यस अवधिमा बैंकले ६१ अर्ब ४५ करोड ९८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । भने  १ अर्ब ६३ करोड ७४ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २४ करोड २४ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष खुद ब्याज आम्दानी पनि ३१ दशमलव ८० प्रतिशतले बढेको हो।  

बैंकले जगेडा कोषमा ३ अर्ब २७ करोड ७६ लाख १८ हजार रुपैयाँ जम्मा गरेको छ भने सञ्चालन नाफा २ अर्ब २३ करोड ८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 
 
एनसीसीको प्रतिशेयर आम्दानी गत वर्षको यसै अवधिमा भन्दा ३ रुपैयाँ ९१ पैसाले बढेर २४ रुपैयाँ ७० पैसा पुगेको छ। भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ६६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको