Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंकको 'गण्डकी स्मार्ट' सेवा सञ्चालन, यस्ता छन् सुविधा

कमला भुसाल

विहीबार, २६ बैशाख २०७६, १५ : १४ मा प्रकाशित

गण्डकी विकास बैंकको 'गण्डकी स्मार्ट' सेवा सञ्चालन, यस्ता छन् सुविधा

अर्थ संसार, काठमाडौं - गण्डकी विकास बैंकले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट मोवाइलवाट चलाउन सकिने उक्त सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोवाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् ।

उक्त सेवावाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, बिद्युत महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, गण्डकी विकास बैंक भित्र वा अन्य सदस्य बैंकहरुमा रकमान्तरण सुविधा, मोवाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट विल, एयरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटीएम रहेका स्थान विवरण, खाताको विवरण डाउन्लोड सुविधा लगायतका विभिन्न सेवाहरु रहेका छन् ।

प्रविधिमा आएको विकाससँगै बैंकका सेवा सुविधालाई छिटो छरितो र स्तरीय बनाउन बैंक प्रतिबद्धताको निरन्तरता स्वरुप यो सेवा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए।

जीपिआरएस, वाईफाइ इन्टरनेट वा एसएमएस वा कुनै पनि पनि माध्यमवाट चलाउन सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको