Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा वृद्धि, यस्तो छ आजको कारोबार

कमला भुसाल

शुक्रबार, २७ बैशाख २०७६, १२ : ०१ मा प्रकाशित

सुनको मूल्यमा वृद्धि, यस्तो छ आजको कारोबार

अर्थ संसार, काठमाडौं - साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । बुधबारदेखि स्थिर रहेको सुनको मूल्य आज शुक्रबार बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५९ हजार हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तीन सय रुपियाँले बढेर ६० हजार रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार सात सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ४४० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार १८५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य सात सय २० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको