Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंक पनि अर्बपति सूचीमा, हेर्नुहोस् यस्तो छ बैंकको प्रगति

कमला भुसाल

शुक्रबार, २७ बैशाख २०७६, १४ : ०४ मा प्रकाशित

हिमालयन बैंक पनि अर्बपति सूचीमा, हेर्नुहोस् यस्तो छ बैंकको प्रगति

काठमाडौं । हिमालयन बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक भएको छ। उक्त वित्तीय विवरण अनुसार हिमालयन बैंक पनि अर्बपतिको सूचीमा परेको छ। 

हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनामा दुई अर्ब एक करोड ४० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष खुद नाफा १ अर्ब ८२ करोड ७० लाख २७ हजार रुपियाँ रहेको थियो । बैंकले गत वर्षको तुलनामा यस वर्ष खुद नाफा १० दशमलव २३ प्रतिशतले वृद्धि गरेको हो ।

त्यस्तै बैंकको बैंकले खुद ब्याज आम्दानीमा पनि १७ दशमलव १८ प्रतिशतको वृद्धि देखिएको छ।हिमालयनले यस अवधिमा खुद ब्याज आम्दानि ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ ।

तेस्रो त्रैमाससम्मको अवधिसम्ममा बैंकको निक्षेप संकलन एक खर्ब ८ अर्ब ५८ करोड २१ लाख माथि पुर्याउँदा र कर्जा विस्तार ९३ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ रहेको छ । करिब १० प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण लगानीको विस्तार १३ दशमलव ७० प्रतिशत छ । यता जगेडा कोषको आकार पनि बढेर ५ अर्ब १९ करोड ९ लाख ६० हजार रुपैयाँ पुगेको  छ ।

सञ्चालन नाफामा ३२.४९ प्रतिशतले वृद्धि गरी २ अर्ब ८६ करोड ५४ लाख ७५ हजार पुर्याएको छ । हिमालयनको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ छ ।

बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको