Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् नौं महिनामा एक अर्ब भन्दा बढी नाफा कमाउन सफल बैंक

कमला भुसाल

शुक्रबार, २७ बैशाख २०७६, १४ : ४४ मा प्रकाशित

यी हुन् नौं महिनामा एक अर्ब भन्दा बढी नाफा कमाउन सफल बैंक

कमला भुसाल 

अर्थ संसार, काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गर्न बैंकहरुलाई निकै चटारो परिरहेको छ। यस अवधिमा सबै बैंकहरु प्रतिश्पर्धामा दौडीरहेका छन्।  चालु आर्थिक वर्षको नौं महिनाको वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये केही बैंकले एक अर्ब भन्दा बढी नाफा कमाएका छन् भने केही बैंकले दुई अर्ब सम्म नाफा कमाउन सफल भएका छन्।  

यस वर्षको नौं महिनाको अवधिसम्ममा हिमालयन बैंकले दुई अर्ब बढी नाफा कमाउन सफल भएको छ।  त्यस्तै दुई अर्ब भन्दा बढी नाफा कमाउने अर्को बैंक कृषि विकास बैंक रहेको छ।  

यस अवधिमा वित्तीय विवरण सार्वजनिक भएका बैंकमध्ये एक अर्ब भन्दा बढी खुद नाफा कमाउने प्राइम कमर्सियल बैंक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, मेगा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक र एनएमबि बैंक रहेका छन्।   

 हिमालयन बैंक

हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनामा दुई अर्ब एक करोड ४० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष खुद नाफा १ अर्ब ८२ करोड ७० लाख २७ हजार रुपियाँ रहेको थियो । बैंकले गत वर्षको तुलनामा यस वर्ष खुद नाफा १० दशमलव २३ प्रतिशतले वृद्धि गरेको हो ।
त्यस्तै बैंकको बैंकले खुद ब्याज आम्दानीमा पनि १७ दशमलव १८ प्रतिशतको वृद्धि देखिएको छ।हिमालयनले यस अवधिमा खुद ब्याज आम्दानि ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ ।
तेस्रो त्रैमाससम्मको अवधिसम्ममा बैंकको निक्षेप संकलन एक खर्ब ८ अर्ब ५८ करोड २१ लाख माथि पुर्याउँदा र कर्जा विस्तार ९३ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ रहेको छ । करिब १० प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण लगानीको विस्तार १३ दशमलव ७० प्रतिशत छ । यता जगेडा कोषको आकार पनि बढेर ५ अर्ब १९ करोड ९ लाख ६० हजार रुपैयाँ पुगेको  छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले चालु आर्थिक नौं महिनाको अवधिमा बैंकले खुद नाफा ३१ दशमलव ३६ प्रतिशतले वृद्धि गरि १ अर्ब ५४ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ८३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै बैंकले बैंकले जगेडा कोषमा २ अर्ब ३३ करोड ३८ लाख ६ हजार रुपैयाँ जम्मा गरेको छ। 
खुद ब्याज आम्दानी 

प्राइमले यस अवधिमा खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४२.१५% ले बढाएर २ अर्ब ६० करोड १५ लाख ३० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ अर्ब ८३ करोड १ लाख २३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको वितरण योग्य नाफा भने १ अर्ब ७९ लाख ८८ हजार रुपैयाँ रहेको छ । चैत मसान्त सम्म बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
 
सञ्चालन नाफा गत वर्षको यसै अवधिको तुलनामा २८.६७% ले बढेर २ अर्ब १९ करोड ९२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ७० करोड ९१ हजार ७७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 

बैंकले यस अवधिमा निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी गरेको छ । ६८ अर्ब ६५ करोड ७८ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको हो ।

प्राइमको प्रतिशेयर आम्दानी यस अवधिमा ६ रुपैयाँ १३ पैसाले बढेर २५ रुपैयाँ ६९ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा छ । 

नेपाल क्रेडिट एन्ड कमर्स बैंक

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)ले चालु आर्थिक वर्षको तेश्रो त्रैमास अवधिमा १ अर्ब १६ करोड ४० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस बैंकले ८८ करोड ८० लाख १९ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो।  गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ३१ दशमलव ०८ प्रतिशतले बढी देखिएको हो।

यस अवधिमा बैंकले ६१ अर्ब ४५ करोड ९८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । भने  १ अर्ब ६३ करोड ७४ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २४ करोड २४ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष खुद ब्याज आम्दानी पनि ३१ दशमलव ८० प्रतिशतले बढेको हो।  

बैंकले जगेडा कोषमा ३ अर्ब २७ करोड ७६ लाख १८ हजार रुपैयाँ जम्मा गरेको छ भने सञ्चालन नाफा २ अर्ब २३ करोड ८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 
 
एनसीसीको प्रतिशेयर आम्दानी गत वर्षको यसै अवधिमा भन्दा ३ रुपैयाँ ९१ पैसाले बढेर २४ रुपैयाँ ७० पैसा पुगेको छ। भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ६६ पैसा रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपैयाँ रहेको खुद नाफालाई अहिले २३.०९प्रतिशतले  वृद्धि गरेको हो ।

कृषिले गत वर्ष १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमासमा यस बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३२ करोड ९७ लाख २९ हजार रुपैयाँ छ । खुद ब्याज आम्दानी २०.०८५ ले वृद्धि गरी ५ अर्ब ३० करोड १९ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ ।
 
कृषि विकास बैंकले आफ्ना ग्राहकबाट १ खर्ब १२ अर्ब ८४ करोड ८७ लाख ७० हजार रुपैयाँ निक्षेप लिएर १ खर्ब ९ अर्ब ८८ करोड ३९ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थालाई ४९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
यता, खराब कर्जा ४.२२  प्रतिशत र कस्ट अफ फन्ड ७।३६५ रहेको छ । यस बैंकको बेस रेट ११.१६ प्रतिशत रहेको छ । कृषिको सेयर पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ९ अर्ब ८६ करोड ९२ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ ।
रिटेन्ड् अर्निङ २ अर्ब ६९ करोड ४२ लाख ३१ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ १० पैसा पुगेको छ । गत वर्ष यो २२ रुपैयाँ ९६ पैसा मात्र थियो ।

मेगा बैंक

मेगा बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो  त्रैमास अवधिमा १ अर्ब २१ करोड ४२ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा  मेगाले ५२ करोड ४९ लाख ४ हजार मात्र खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा १३१ दशमलव ३३ प्रतिशतले बढी देखिएको हो। 

मेगा बैंकले यस अवधिमा २ अर्ब ७५ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने  चुक्ता पुँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार रुपैयाँबाट बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुर्याएको छ।  

बैंकले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा सञ्चालन नाफा १ अर्ब ७० करोड ५७ लाख ८५ हजार रुपैयाँ  पुर्याएको छ।  त्यस्तै  चुक्ता पुँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार रुपैयाँबाट बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुगेको छ । भने बैंकले जगेडा कोषमा  १ अर्ब ९४ करोड ९७ लाख ८४ हजार रुपैयाँ मात्र जम्मा गरेको छ ।

मेगा बैंकले यो नौं महिना अवधिमा ७५ अर्ब २१ करोड १७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५८ करोड ६५ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यसै अवधिसम्म निक्षेप ६३ अर्ब ४९ करोड ८९ लाख ९९ हजार र कर्जा लगानी ५५ अर्ब ५२ करोड ८६ लाख ४२ हजार रुपैयाँ मात्र थियो । 

बैंकको रिटेन्ड् अर्निङ ७७ करोड २५ लाख १२ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म यसको वितरण योग्य नाफा ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
 
बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा रहेको छ । 

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा ११ दशमलव ६२ प्रतिशतले नाफा बढाएर १ अर्ब ७३ करोड ४४ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५५ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा बैंकले ७० अर्ब ८१ करोड ३० लाख ३० हजार रुपैयाँ निक्षेप संकलन  गरेको छ। अघिल्लो वर्ष यस बैंकले ६० अर्ब ७१ करोड ५९ लाख ६८ हजार निपेक्ष संकलन गरेको थियो।  

साथै, बैंकले यस अवधिमा सञ्चालन नाफा २ अर्ब ४६ करोड ९८ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा २ अर्ब २० करोड ९१ लाख ७४ हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यसपटक बैंकको सञ्चालन नाफामा ११ दशमलव ७९ प्रतिशतको वृद्धि भएको हो। 

त्यस्तै जगेडा कोषको आकार पनि बढाएर ४ अर्ब ५१ करोड १० लाख २९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष जगेडा कोषमा ३ अर्ब ८४ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको थियो । बैंकको नौं महिनाको अवधिमा वितरण योग्य नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी ६.५१ प्रतिशतले बढाएर २ अर्ब ५५ करोड ६० लाख २७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष २ अर्ब ३९ करोड ९६ लाख ४३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
 
यस बैंकको प्रतिशेयर आम्दानी यस वर्ष बढेर २८ रुपैयाँ ८७ पैसा (बार्षिक) पुगेको छ भने यसको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १८ पैसा छ ।  गत वर्षको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८६ पैसा रहेको थियो।  

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा एक अर्ब १४ करोड खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७३ करोड ८० लाख रुपैंया खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको खुद नाफामा साढे ५४ प्रतिशतभन्दा धेरै बढोत्तरी देखिएको हो । बैंकको वितरण योग्य नाफा भने ६० करोड २५ लाख रुपैंया मात्र छ ।

फराकिलो अन्तरले व्यवसाय विस्तार गरेको बैंकको निष्कृय कर्जा अनुपातमा भार बढेको छ । चैत मसान्तसम्म बैंकले ५६ अर्ब ६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उल्लेखित व्यवसायबाट बैंकले २ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ छ भने प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८२ पैसा छ । बैंकको जगेडा कोषमा तीन अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसा छ ।

मूल्य आम्दानी अनुपात ११.२६ गुणाले बढी रहेको बैंकको निष्कृय कर्जा गत आर्थिक वर्षको चैतमा १.७७ प्रतिशत रहेकामा अहिले १.८६ प्रतिशत पुगेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।  एनएमबिले चालु आर्थिक वर्षको नौं महिनाको अवधिसम्ममा १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा यस बैंकले १ अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो।  गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा १९ दशमलव ९३ प्रतिशतले बढी देखिएको हो। 

यस वर्ष बैंकले खुद ब्याज आम्दानीमा पनि राम्रो प्रगति गरेको छ।  गत वर्ष खुद ब्याज आम्दानी २ अर्ब ५ करोड १३ लाख ६३ हजार रुपैयाँ कमाएको बैंकले यस वर्ष  खुद ब्याज आम्दानी ३ अर्ब ९ करोड ४१ लाख ९९ हजार रुपैयाँ पुर्याएको हो।  गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानि ५० दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो।  बैंकले जगेडा कोषमा पनि २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ जम्मा गरेको छ। 

साथै, यो अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । भने चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा  बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरेर ८७ अर्ब २ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको