Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण हुँदै होस्टेल ब्याक अगेन

शुक्रबार, २७ बैशाख २०७६, २१ : १३ मा प्रकाशित

निर्माण हुँदै होस्टेल ब्याक अगेन

अर्थ संसार, काठमाडौं - ‘होस्टेल’ र होस्टेल रिर्टन्सको पछि यही सिरिजको तेश्रो फिल्म ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ ।

यो चलचित्रलाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएको  छ । फिल्मको छायाँकन अमेरिकामै गरिने यसका निर्माता गोविन्द शाहीले जानकारी गराएका छन् । 

यो चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् । उनीपछिल्लो समय अमेरिकामै छन् । सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर होस्टल ब्याक अगेन निर्माण गरिँदै छ ।  

आफुले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् । फिल्ममा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् ।
आगामी अगस्टबाट छायाँकन सुरु हुने यो फिल्मको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ ।

अर्का निर्माता गोविन्द शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जानेछन् । तर बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ । होस्टलका विधार्थीका रुपमा अमेरिकामा नै अध्ययनका शिलशिलामा रहेका नेपाली बिद्यार्थीहरु हुनेछन् । 

रावलको निर्माणमा २०१३ मा होस्टलबाट अभिनेता अनमोल केसी, होस्टल रिटन्र्सबाट सुशिल श्रेष्ठ र नाजिर हुसेन डेब्यू भएका हुन् ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको