Like us!
Follow us!
Connect us!
Watch us!

व्यापार वार्तामा ‘धैर्य नगुमाउन’ ट्रम्पको चीनलाई आग्रह

शनिबार, २८ बैशाख २०७६, ०९ : ४४ मा प्रकाशित

व्यापार वार्तामा ‘धैर्य नगुमाउन’ ट्रम्पको चीनलाई आग्रह

अर्थ संसार,वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्तामा धैर्य बन्न आग्रह गर्नुभएको छ । 

अमेरिकाले चिनियाँ उत्पादनमा मूल्य वृद्धि गरेको र चीनले पनि यसको उचित जवाफ दिने बताइरहँदा अमेरिकी राष्ट्रपतिले व्यापार विवादबारे हतार गर्नु आवश्यक नरहेको बताउनुभएको हो ।
 
अमेरिकाले चीनबाट आयात गर्ने सामानमा २ खर्ब अमेरिकी डलर बराबरको भन्सार करलाई १० प्रतिशतदेखि २५ प्रतिशतसम्म बढाएपछि चीनले शुक्रबार अमेरिकाको सो कारवाहीसम्बन्धी वक्तव्य प्रकाशित गरेको छ । सो वक्तव्यमा अमेरिकाले यस्तो कारवाही गरेकोमा चीनलाई अफसोस लागेको र चीनले बाध्य भएर जवाफी कदम चाल्ने जनाइसकेको छ । 

११ औं चीन–अमेरिका आर्थिक उच्चस्तरीय वार्ता हालै अमेरिकी वासिङ्टनमा चलिरहेको छ । अमेरिकाले चीनसँगै एउटै दिशातिर अघि बढ्दै साझा प्रयासमार्फत सहयोग तथा छलफलका माध्यमबाट विद्यमान समस्याको समाधान गर्ने आशा चीनले लिएको सो वक्तव्यमा उल्लेख गरिएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच एक बर्षदेखि व्यापार वार्ता चलिरहेकोमा बिहीबार रातिदेखि उनीहरूबीच सौदाबाजी चलिरहेको छ । 

अमेरिकामा चलिरहेको वार्तामा चिनियाँ उप–प्रधानमन्त्री लिउ हे, अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र अमेरिकी वित्तमन्त्री स्टेभेन मनुचिनले दुईपक्षीय वार्ताको नेतृत्व गरिरहेका छन् ।
चीनसँगको वार्ता निकै सौहाद्रपूर्ण ढङ्गबाट अघि बढिरहेको छ । निश्चयपनि हतारमा दगुर्नु आवश्यक छैन । किनकी चीनले अमेरिकालाई कर बुझाइरहेको छ,” ट्रम्पले शुक्रबार गरेको ट्वीटर सन्देशमा बताउनुभयो । तर उहाँले करबारे व्यापारबार्ताबाट सम्झौता हुनुपर्ने बताउनुभएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको