Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंक लाग्यो ओरालो, वित्तीय विवरणमा यस्ता देखिए सूचकहरु

कमला भुसाल

आइतबार, २९ बैशाख २०७६, ११ : ४२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंक लाग्यो ओरालो, वित्तीय विवरणमा यस्ता देखिए सूचकहरु

अर्थ संसार, काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमस अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकको सार्वजनिक विवरण अनुसार यस वर्ष बैंकको नाफा घटेको छ।

चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा बैंकले जम्मा २ अर्ब ५६ करोड ५६ लाख ३८ हजार खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब ८३ करोड ८४ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष बैंकको नाफा ९ दशमलव ६१ प्रतिशतले घटेको हो ।

यस वर्ष बैंकले खुद ब्याज आम्दानीमा भने राम्रो प्रगति गरेको छ। यस वर्ष बैंकले ४ अर्व ९१ करोड १७ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानि गरेको छ।  गत वर्ष बैंकले ४ अर्ब ११ करोड ८५ लाख ६७ हजार खुद ब्याज आम्दानी गरेको थियो।  गत वर्षको तुलनामा यस वर्ष बैंकको खुद ब्याज आम्दानि 
 १९ दशमलव २५ प्रतिशतले बढेको हो।  त्यस्तै बैंकको जगेडा कोषमा १० अर्ब ५५ करोड ६४ लाख २ हजार रुपैयाँ रहेको छ। 

त्यस्तै  नेपाल इन्भेष्टमेन्टको वितरण योग्य नाफा १ अर्ब ४३ करोड ७६ लाख ४६ हजार रुपैयाँ पुगेको छ । भने  सञ्चालन नाफा ३ अर्ब ६८ करोड ७६ लाख ९ हजारमा सीमित भएको छ । गत वर्ष बैंकको सञ्चालन नाफा ४ अर्ब ५ करोड ४९ लाख २९ हजार रुपैयाँ रहेको थियो। 
   
इन्भेष्टमेन्टले निक्षेप संकलन र कर्जा लगानीमा सुधार गरेको छ । गत वर्ष १ खर्ब ३६ अर्ब ५८ करोड ५५ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेको इन्भेष्टमेन्टले यो त्रैमासमा बढाएर १ खर्ब ४२ अर्ब २ करोड ९० लाख ७० हजार रुपैयाँ पुर्याएको छ । 
यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ रहेको छ भने कर्जा लगानी पनि १ खर्ब १८ अर्ब ३२ करोड २५ लाख ७० हजार रुपैयाँबाट बढाएर १ खर्ब २४ अर्ब २ करोड ८७ लाख ४७ हजार रुपैयाँ पुर्याएको छ ।
 
बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत वर्षको तुलनामा यस वर्ष बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३८ पैसाले घटेर २७ रुपैयाँ १७ पैसामा आएको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २० पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको