Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंकको प्रतिशेयर आम्दानीमा गिरावट, यस्तो छ घट्नुको कारण

कमला भुसाल

आइतबार, २९ बैशाख २०७६, १२ : १२ मा प्रकाशित

गण्डकी विकास बैंकको प्रतिशेयर आम्दानीमा गिरावट, यस्तो छ घट्नुको कारण

अर्थ संसार,काठमाडौं- गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले यस वर्षको नौं महिनाको अवधिमा ३९ करोड ३ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको सोही अवधिको तुलनामा नाफा बैंकको नाफा ४ दशमलव ६६ प्रतिशतले बढी हो ।

त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि राम्रो प्रगति देखिएको छ। गत वर्ष ७० करोड ५३ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष खुद नाफामा २१ दशमलव ८९ प्रतिशतले वृद्धि गरे ८५ करोड ९७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । भने जगेडा कोषमा १ अर्ब ८१ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ ।

यता, सञ्चालन नाफा पनि गत वर्षको तुलनामा १४ दशमलव ९८ प्रतिशतले बढेर ६० करोड १ हजार रुपैयाँ पुगेको छ । गण्डकीले चैत मसान्तसम्म २७ अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेर २४ अर्ब १९ करोड १८ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा गण्डकीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । 

पुँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा प्रतिसेयर आम्दानीमा सामान्य गिरावट आएको छ । गण्डकीको यस अवधिमा प्रतिशेयर आम्दानी ७६ पैसाले घटेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी १५६ रुपैयाँ ६३ पैसा रहेको थियो । यस अवधिमा प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको