Like us!
Follow us!
Connect us!
Watch us!

क्यान इन्फोटेकमा पहिलो दिन ३४ हजारले गरे अबलोकन

शुक्रबार, १४ माघ २०७३, १२ : ४५ मा प्रकाशित

क्यान इन्फोटेकमा पहिलो दिन ३४ हजारले गरे अबलोकन

अर्थ संसार
काठमाडौं–सूचना तथा सञ्चार प्रविधिको महामेला क्यान इन्फोटेक २०१७ मा पहिलो दिन बिहीबार ३४ हजार जनाले अबलोकन गरेका छन् । राजधानीको भृकुटीमण्डपमा शुरु भएको  मेलाको उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।

अर्थमन्त्री महराले राष्ट्रको संवृद्घिमा सूचाना तथा संचार प्रविधिलाई थप प्रयोगमा ल्याउन नेपालमा सूचना प्रविधीको विकास र विस्तारमा क्यान महासंघको भूमिकाको प्रशंसा गरेका थिए ।

‘राज्यका संयन्त्र इगभर्नेन्स र डिजिटलमा जान अनिवार्य भइसकेको छ,’ उनले भने, ‘यसका लागि राज्य क्यान महासंघसहित निजी क्षेत्रसँग सहकार्य गर्न सदैव तयार छ ।’ उनले आगामी १० वर्षसम्ममा पुर्ण रुपमा ई–नेपाल कार्यान्वयन गर्ने गरी योजना ल्याउने तयारीमा रहेको बताए ।
 
कार्यक्रममा क्यान महासंघका अध्यक्ष विनोद ढकालले क्यानले स्थापनाकालदेखि सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनको कार्य गरिरहेको बताए । उनले आफूहरु ई–नेपालको परिकल्पना लिएर हिँडेको बताउँदै प्रविधिको प्रयोगविना कुनै काम गर्न सम्भव नहुने भएकाले सूचना तथा संचार प्रविधिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन राज्यको ध्यानकर्षण हुनु पर्ने बताए ।

कार्यक्रममा मुख्य सचिव  सोमलाल सुवेदी, सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मिश्र, नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठ, शिर्ष प्रायोजक सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुली, क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमलकुमार शर्मासहितको उपस्थिति थियो ।

साथै प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स्लगायतका सामाग्री उपलब्ध छन् । इन्फोटेकमा २२२ स्टल छन् । तीमध्ये १५८ वटा कम्पनी सहभागी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको