Like us!
Follow us!
Connect us!
Watch us!

सरकार कर्मचारीको तलब ३० प्रतिशतसम्म बढाउँदै

आइतबार, २९ बैशाख २०७६, १३ : २७ मा प्रकाशित

सरकार कर्मचारीको तलब ३० प्रतिशतसम्म बढाउँदै

अर्थ संसार, काठमाडौ– सरकारले आर्थिक वर्ष २०७६\७७ को बजेटमा सरकारी कर्मचारीको तलब बढाउने  तयारी  गरेको छ ।  सरकारी कर्मचारीको तलब बढाउनैका लागि मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले समेत छलफल थालेको छ ।

सो समितिले गरेको सिफारिसका आधारमा बजेटमा कतिसम्म तलब वृद्धि गर्ने भन्ने बिषयमा निश्कर्ष निस्किनेछ ।

नीति तथा कार्यक्रममा सरकारी कर्मचारीको तलब बढ्ने घोषणा भएसँगै १५ देखि ३० प्रतिशतसम्म वृद्धिको तयारी थालिएको बजेट निर्माणमा जुटेका अर्थमन्त्रालय स्थित बजेट महाशाखाका एक अधिकारीले सुनाए । सरकारले यो पटक सामाजिक सुरक्षा भत्ता समेत वृद्धि गर्ने घोषणा गरिसकेको छ ।

हाल ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र एक हजार स्वास्थ्य उपचार शुल्क बापत  २ हजार पाउँदै आएका छन् ।

हाल दलित ज्येष्ठ नागरिकले ६० वर्षदेखि नै मासिक २ हजार रुपैंयाँ पाउँदै आएका छन् भने विधवा तथा एकल महिला, अपांग, लोपोन्मुख जातिले पनि त्यस्तो भत्ता पाउँदै आएका छन् ।

सरकारले कर्मचारीको तलब बढाउने भएपछि यता, व्यापारी भने हरेक सामानको मूल्य बढाउने तयारी गरिरहेको छन् । एक व्यापारी भन्छन–सरकारले तलब बढाएपछि सामानको मूल्य बढी हाल्छ’  सरकार र व्यापारीको चेपुवामा सर्वसाधारण जनता रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको