Like us!
Follow us!
Connect us!
Watch us!

आइसोटनिक ड्रिंक '१०० प्लस' नेपाली बजारमा

आइतबार, २९ बैशाख २०७६, १७ : १० मा प्रकाशित

आइसोटनिक ड्रिंक '१०० प्लस' नेपाली बजारमा

अर्थ संसार, काठमाडौं – सारा ग्रुपले मलेसियाको आइसोटनिक ड्रिंक १०० प्लस नेपालमा भित्र्याएको छ । साराले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि मलेसिया र सिंगापुर लगाएत २० देशमा लोकप्रिय रहेको पेय पदार्थलाई नेपालमा सार्वजनिक गरेको हो ।

साराले सोही अवसरमा नेपालका राष्ट्रिय खेलाडी किरण चम्जोङलाई १०० प्लस नेपालको ब्रान्ड एम्बेसडर बनाएको छ । सारा ग्रुपका अध्यक्ष दिपक केसी र नेपालका राष्ट्रिय खेलाडी किरण चम्जोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

खेलाडी चेम्जोङले खेल जीवनमा एक्टिभ रहनका लागि विभिन्न वेभरेज आवश्यकता रहेको बताउँदै आइसोटोनिक १०० प्लस अरु वेभरेज भन्दा उत्कृष्ट रहेकाले आफु यो ब्राण्डको एम्बेसडर रहेको बताए। 

सारा ग्रुपका म्यानेजर विनोद देबकोटाले १०० प्लस ड्रिंकमा लो सुगर भएको बताए । काम गर्ने मजदुर र खेलाडीहरुका लागि अति उत्तम रहेको र ज्वरो र पखाला लाग्दा प्रयोग गर्न सकिने बताए । उनले १०० प्लस ड्रिंकको काठमाडौंमा १४ वटा र उपत्यका बाहिर ५३ वटा डिष्ट्रिव्यटर्स रहेको देबकोटाले बताए ।

१०० प्लस मलेसियाको एफ एन्ड एन कम्पनीको उत्पादन हो । नेपालमा १०० प्लस आइसोटनिक ड्रिंक ३२५ एमएलको १२५ मूल्य तोकेको छ ।

१०० प्लस मलेसियाको एफ एण्ड एन समुहभित्रको प्रमुख ब्राण्ड हो । यसलाई एफ एण्ड एन बेभरेजेज मार्केटिङले उत्पादन र बजारिकरण गर्दछ । जुन मलेशियाको सबैभन्दा ठुलो सफ्ट ड्रिंक उत्पादक र वितरक हो ।

5cd80a5d88c72.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको