Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको लोभलाग्दो प्रगति, यस्तो छ नौं महिनाको कमाई

सोमबार, ३० बैशाख २०७६, ११ : २१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको लोभलाग्दो प्रगति, यस्तो छ नौं महिनाको कमाई

अर्थ संसार, काठमाडौं - सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको  वित्तीय प्रतिवेदन अनुसार बैकले यो त्रैमासमा ३ अर्ब ४९ करोड ९३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड ५० लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको खुद नाफा गत  १३ दशमलव ४२ प्रतिशतले बढी देखिएको हो ।
  
त्यस्तै बैंकको खुद ब्याज आम्दानीमा पनि राम्रो आम्दानी भएको छ। चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानि ७ अर्ब ३७ करोड ९७ लाख ८१ हजार रुपैयाँ पुगेको छ । भने सञ्चालन नाफामा वृद्धि भएको छ। अघिल्लो  वर्ष ३ अर्व ८८ करोड ९ लाख २० हजार रहेको सञ्चालन नाफा बढेर ४ अर्ब ८६ करोड २७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । 

यो त्रैमास सम्ममा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ७२ अर्ब ७९ करोड ८६ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब २ करोड ९४ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
 
हाल यसको चुक्ता पुँजी ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १४ अर्ब ९ करोड ७ लाख ५३ हजार रुपैयाँ जम्मा भएको छ । तर तेस्रो त्रैमाससम्ममा यो बैंक ५३ करोड ८५ लाख ९६ हजार रुपैयाँ सञ्चित नोक्सानमा रहेको छ । 
 
यद्दति, गत वर्षको तुलनामा सञ्चित नोक्सान कम गर्न सफल भएको हो । गत वर्ष ३ अर्ब ९३ करोड ६३ लाख ७१ हजार रुपैयाँ सञ्चिीत नोक्सानमा रहेको थिायो ।

प्रतिशेयर आम्दानी २.९४ ले बढेर ३८ रुपैयाँ ८६ पैसा पुगेको छ । गत वर्ष प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ९२ हजार थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको