Like us!
Follow us!
Connect us!
Watch us!

सवै भन्दा महँगो शेयर मूल्य भएको युनिलिभरको नाफा कति ?

सोमबार, ३० बैशाख २०७६, ११ : ५२ मा प्रकाशित

सवै भन्दा  महँगो शेयर मूल्य भएको युनिलिभरको नाफा कति ?

अर्थ संसार, काठमाडौं– युनिलिभर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  २७ करोड ३६ लाख खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको यसै अवअधिमा कम्पनीले २५ करोड १९ लाख खुद नाफा आर्जन गरेको थियो ।

गत बर्षको चैत्रमा २७४ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी २९७ रुपैयाँमा पुगेको छ । चैत्र मसान्तसम्ममा एक अर्ब ४१ करोड ८० लाख रुपैयाँको आफ्ना उत्पादनहरु बिक्री गरेर आम्दानी गरेको छ ।

यो गत वर्षको तुलनामा कम्पनीको व्यापार २७ करोड २० लाख रुपैयाँले धेरै हो । गत बर्षको यसै अवधिसम्ममा एक अर्ब १४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै यस अवधिमा कम्पनीको अन्य आम्दानी १२ करोड ३० लाख रुपैयाँ छ ।

चुक्ता पूँजी ९ करोड २१ लाख रअ‍ेको कम्पनीको जगेडा कोषमा दुई अर्ब ९ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ दुई हजार ३७६ रुपैयाँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको