Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको नाफा १ अर्ब माथि

सोमबार, ३० बैशाख २०७६, १२ : ०३ मा प्रकाशित

शिवम् सिमेन्टको नाफा १ अर्ब  माथि

अर्थ संसार, काठमाडौं - शिवम् सिमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा १ अर्ब ५ करोड ८९ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले यसै अवधिमा ९३ करोड ६६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष शिवमको नाफामा १३ दशमलव ०६ प्रतिशतले नाफा बढेको हो। 

कम्पनीले केही सयमअघि मात्रै सर्वसाधारणमा प्रिमियम भाउमा आइपीओ जारी गरेको थियो। कम्पनीले स्थानीय बासिन्दाका लागि प्रतिकित्ता २ सय रुपैयाँका दरले ८ लाख कित्ता र सर्वसाधारणमा प्रतिकित्ता ३ सय रुपैयाँका दरले ४४ लाख कित्ता आइपीओ जारी गरेको थियो ।

यो आइपीओ नेप्सेमा सूचीकृत भएर कारोबार हुन थालिसकेको छ । आइपीओपछि शिवमको सेयर पुँजी ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही बेला ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ मात्र सेयर पुँजी थियो । 

शिवमको आइपीओ बिक्रीबाट प्राप्त सेयर प्रिमियम शीर्षकमा ९४ करोड २ लाख २२ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको रिटेन्ड् अर्निङ ३ अर्ब ४५ करोड ४६ लाख ४३ हजार रुपैयाँ रहेको छ । यसआधारमा सेयर प्रिमियम र रिटेन्ड अर्निङ जोड्दा आकर्षक रकम रहेको देखिन्छ ।
 
कम्पनीले ८ अर्ब ३७ करोड ६१ लाख १ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । बिक्री लागत ५ अर्ब ३७ करोड २ लाख ९३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा (वार्षिक) रहेको शिवमको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८८ पैसा छ । शिवमले सहायक कम्पनीहरुमा ३ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको