Like us!
Follow us!
Connect us!
Watch us!

लद्युवित्तमा लगानी गर्न छुटाउनु होला ? स्वाभिमान र जनसेवी लघुवित्तको IPO भर्ने आज अन्तिम मौका

सोमबार, ३० बैशाख २०७६, १८ : ०४ मा प्रकाशित

लद्युवित्तमा लगानी गर्न छुटाउनु होला ? स्वाभिमान र जनसेवी लघुवित्तको IPO  भर्ने आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं– जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान माइक्रोफाइनान्सको साधारण शेयर (आपिओ) भर्नु भयो ? नभरेको भए आजै भर्नुहोला । किन कि आज (बैंशाख ३१ गत)  अन्तिम दिन हो ।

दुवै कम्पनीको साधारणशेयरमा (आइपिओ)मा  माग भन्दा बढी आवेदन परिसकेकाले छिटो अर्थात  मंगलबार बैकिङ समयपछि बन्द विक्री प्रबन्धकले जनाएका छन् ।

कति पर्यो त आवेदन ?

जनसेवी लघुवित्त वित्तीय संस्था

 जनसेवीको आइपीओमा सामबार साँझसम्ममा ४८ करोड ६८ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार २ लाख ६९ हजार ९५७ जनाले ४८ लाख ६८ हजार ३४० कित्ताका लागि आवेदन दिएका हुन् ।

सोमबार साँझसम्म यसमा ११.२४ गुणा बढी आवेदन परेको देखिन्छ । जनसेवीले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणले भर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

  स्वाभिमान माइक्रोफाइनान्स

 स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओमा पनि ४८ करोड १६ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २ लाख ६४ हजार २८६ जनाले ४८ लाख १६ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आइपीओमा हालसम्म २५.९५ गुणा बढी आवेदन परेको देखिन्छ ।
 
स्वाभिमानले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् ।
 
आइपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । सी–आस्वाको माध्यमबाट सेयर भर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको