Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको नाफामा छलाङ्ग, ४ अर्ब ७६ करोड बिमाशुल्क आर्जन

मंगलबार, ३१ बैशाख २०७६, ११ : १२ मा प्रकाशित

नेशनल लाइफको नाफामा छलाङ्ग, ४ अर्ब ७६ करोड बिमाशुल्क आर्जन

अर्थ संसार, काठमाण्डौ – लाइफ इन्स्योरेन्सहरुको माझ आफ्नो छुट्टै स्थान बनाउन सफल नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३० करोड ६० लाख नाफा कमाएको छ ।

गत वर्ष सोही अवधिमा २२ करोड २० लाख खुद नाफा कमाएको थियो । कम्पनीले ४ अर्ब ७६ करोड बिमाशुल्क आर्जन गरेको छ ।  

समीक्षा अवधिसम्म यो कम्पनीको बिमालेख संख्या ७ लाख ८ हजार ३६० कायम भएको छ भने यो अवधिमा कम्पनीले १ अर्ब ८२ करोड दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब २७ करोडको दाबी भुक्तानी गरेको थियो ।

यो अवधिमा कम्पनीले पुनर्बिमा कमिसन आयको रुपमा २ करोड ३३ लाख, लगानी, कर्जा तथा अन्यबाट हुने आयको रुपमा १ अर्ब ४८ करोड, बिमालेखको धितोमा कर्जाबाट हुने आयको रुपमा २२ करोड ७७ लाख आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट १ करोड ९३ लाख, लगानी, कर्जा तथा अन्यबाट १ अर्ब १५ करोड, बिमालेखको धितोमा कर्जाबाट १० करोड २२ लाख आम्दानी गरेको छ ।

कम्पनीको जीवन बिमा कोषमा २५ अर्ब २२ करोड जम्मा भएको छ । अघिल्लो वर्षको यही अवधिमा २० अर्ब ३९ करोड मात्र रहेको थियो ।

कम्पनीको महाविपत्ति जगेडामा १९ करोड १२ लाख र जगेडा तथा कोषमा ६८ करोड ७५ लाख जम्मा भएको छ । अघिल्लो वर्षको यही अवधिमा महाविपत्ति जगेडामा १३ करोड ८४ लाख र जगेडा तथा कोषमा ४३ करोड ८१ लाख जम्मा भएको थियो ।

5cda574de1640.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको