Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल, नेको र प्रभु इन्स्योरेन्सको नाफा कति ?

कमला भुसाल

मंगलबार, ३१ बैशाख २०७६, ११ : ५२ मा प्रकाशित

नेपाल, नेको र प्रभु इन्स्योरेन्सको नाफा कति ?

अर्थ संसार, काठमाडौं - नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । महिनाको अवधिमा कम्पनीले १३  करोड  ६ लाख खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ९१ प्रतिशतले मात्र वृद्धि भएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा ८५ करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६० करोड २७  लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा  ४१ प्रतिशतले वृद्धि भएको हो।  

त्यस्तै कम्पनीले ३८ करोड ६७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम २६  प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको जगेडा कोषमा ३६ करोड ५० लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष १०३   प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने ५३ प्रतिशतले वृद्धि हुँदै २६ करोड पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम ३५ करोड ८५ लाख छ भने खुद दावी भुक्तानी रकम १६   करोड ६९ लाख रहेको छ।

कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम १९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले ९६ करोड ३१  लाख रकम भुक्तानी हुन् बाँकी छ ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २८  रुपैयाँ २० पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा ३० रुपैयाँ १५ पैसा थियो ।

नेको इन्स्योरेन्स

नेको इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ८५ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत वर्षक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको बीमा शुल्क १३ करोड ६२ लाख रुपैयाँ अर्थात १९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्त सम्ममा इन्स्योरेन्सले ७२ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा इन्स्योरेन्सको खुद नाफामा पनि सुधार आएको छ । गत वर्षको यस अवधिमा २१ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको खुद नाफा २५ करोड १५ लाख रुपैयाँ पुगेको हो । इन्स्योरेन्सको खुद नाफा १९.५९ प्रतिशतले सुधार भएको हो ।

चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५५ करोड ३२ लाख रुपैयाँ, जीवन बीमा कोषमा ६६ करोड ९१ लाख रुपैयाँ र महा बिपत्ती जगेडामा ६ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमा ससम्ममा इन्स्योरेन्सले ३७ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले २८ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले तीन हजार ४२२ वटा दाबी वापत ६२ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार ३४८ वटा दाबी वापतको ३४ करोड २० लाख रुपैयाँ बराबर दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १८.२४ गुणा छ ।

प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको तेश्रो त्रैमास अवधिमा  ७० करोड ८७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ६५ करोड ३८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ८ प्रतिशतले  वृद्धि भएको छ । त्यस्तै कम्पनीले ३९  करोड ५४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले चालु आर्थिक अर्शको नौं महिनाको अवधिमा १४ करोड २ लाख खुद नाफा आर्जन गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ७ प्रतिशतले मात्र वृद्धि भएको छ ।

कम्पनीको जगेडा कोषमा २३ करोड ९४ लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष १५३  प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने ३० प्रतिशतले वृद्धि हुँदै ५१ करोड ३० लाख पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम २९ करोड ३४ लाख छ भने खुद दावी भुक्तानी रकम १४   करोड ८९ लाख रहेको छ।

कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ३० प्रतिशतले वृद्धि भएको छ। कम्पनीको तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले १४ करोड ६४ लाख रकम भुक्तानी हुन् बाँकी छ ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १८ रुपैयाँ ६१ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २५ रुपैयाँ ३४  पैसा थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको