Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफा घट्यो, यस्तो छ कारण

कमला भुसाल

मंगलबार, ३१ बैशाख २०७६, १३ : २३ मा प्रकाशित

नेपाल टेलिकमको नाफा घट्यो, यस्तो छ कारण

अर्थ संसार, काठमाडौं - नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।  उक्त विवरण अनुसार टेलिकमको प्रगति ओरालो लागेको छ।  कम्पनीले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा ९ अर्ब ९८ करोड ३९ लाख २५ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।

कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।जुन गत वर्षको तुलनामा भन्दा १५ दशमलव ७९ प्रतिशतले तल झरेको हो । 

चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ । यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ८६ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँ जम्मा भइसकेको छ । गत वर्षको यसे अवधिमा रिजर्भ कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार २३६ रुपैयाँ रहेको थियो ।
 
कम्पनीको दूरसञ्चार लगायतका प्रविधि सेवा बिक्रीबाट हुने आम्दानी घट्दा समग्र नाफा प्रभावित भएको हो । गत वर्ष सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेकामा यसपटक त्यो खुम्चिएर २७ अर्ब ५० करोड ६० लाख ७५ हजार १७९ रुपैयाँमा आइपुगेको छ ।

टेलिकमको प्रतिशेयर आम्दानीमा पनि २२ रुपैयाँ ७५ पैसाको गिरावट आई ८८ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी १०५ रुपैयाँ ३९ पैसा थियो । प्रतिशेयर नेटवर्थ भने ६३१ रुपैयाँ २७ पैसाबाट बढेर ६७६ रुपैयाँ ५ पैसा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको