Like us!
Follow us!
Connect us!
Watch us!
विकास उद्यमी संस्थाले सुरु गर्यो ‘नेपाल इन डाटा’

विकास सम्बन्धी सबै प्रकारका डाटा अब एउटै वेबसाइटमा

शुक्रबार, १४ माघ २०७३, १३ : ५७ मा प्रकाशित

विकास सम्बन्धी सबै प्रकारका डाटा अब एउटै वेबसाइटमा

अर्थ संसार

काठमाडौं–तपाईलाई विकाससँग सम्बन्धित कुनै तथ्यांक चाहियो ? इतिहासमा कुनै कुरा कति थियो भनेर जान्ने उत्सुकता जाग्यो ? अब लगइन गनुस् nepalindata.com  वेवाइट ।

विकास उद्यमी संस्थाले शक्रबार ‘नेपाल ईन डाटा’  नामक वेबसाईट सार्वजनिक गरेको छ । यो वेबसाईट खुल्ला तथ्यांकहरुको संग्रह हो । यसमा सन् १९५० देखि हालसम्मको नेपालको विकाससँग सम्बन्धि विविध तथ्यांक उपलब्ध छन् ।

यसलाई बुझ्न, खोज्न र तुलना गर्न सजिलो हुने गरी एकै स्थानमा राखिएको संस्थाले जनाएको छ । योजना आयोगका सदस्य स्वर्णीम वाग्लेले पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच यस वेवसाइटलाई सार्वजनिक गरे । 

प्रयोगकर्तालाई एकैठाँउबाट सबै सबै प्रकारका तथ्यांक उपलब्ध गराई¸ त्यस सम्बन्धी छलफल र सूचकहरुको तुलनात्मक अध्ययन गर्ने वातावरण बनाउन वेवसाइट संचालनमा ल्याइएको संस्थाले जनाएको छ । यसमा भएका कृषि तथा उद्योग¸ समाज र मानव विकास¸ राज्य र राजनीति¸ पूर्वाधार¸ संचार र प्रविधि¸ नागरिक समाज¸ वैदेशिक सहायता¸ अर्थतन्त्र¸ बजार र वित्त¸ दिगो विकास लक्ष जस्ता विविध १२ विधाका ४ सयभन्दा धेरै डाटासेट छन् ।

 प्रयोगकर्ताले ती सूचकहरुलाई छानेर हेर्न, आपसमा तुलना गर्न सक्छन् । छानेका डाटा सूचकहरुलाई टेबल¸ चार्ट तथा नक्सामा राखेर हेर्न¸ डाउनलोड गरेर राख्न तथा प्रिन्ट गर्न पनि मिल्ने बनाइएको छ । सूचकहरुको वरपर रहेर तयार गरिएको छलफल समुहले प्रयोगकर्तालाई आफूले चाहेको डाटा समुहबारे छलफल सुरु गर्न तथा सहभागी हुन अवसर पनि प्रदान गर्ने साइट डेभलप गर्ने संस्थाको विश्वास छ । 

यसमा भएको कम्युनिटी सेक्सनमा पछिल्ला समाचारहरु पढ्न¸ डाटा र तथ्यांकको प्रयोग, विश्लेषण गर्न सहयोग गर्ने स्रोतहरु बारे जान्न¸र पोर्टलमा प्राप्त भएका विकाससँग सम्बन्धि डाटाहरु कसरी प्रयोग गर्ने भन्ने बारेमा अभ्यास पनि गर्न पाईन्छ । वेबसाईटमा अन्तर्कृयात्मक टाईमलाईन समेछ छ । यसमा १९५० देखि अहिलेसम्म घटेका नेपालको विकास कालखण्डका मुख्यमुख्य घटनासमेत उपलब्ध छ । 

यस वेवसाइटले तथ्यांक उपलब्ध गराई सबैको सरल पहुँचमा पुर्याउँनुका साथै सरकारलाई विकास सम्बद्ध मुद्धाहरुको सम्बोधनका लागि प्रमाणमा आधारित नीति निर्माण तथा निर्णय तहमा सहयोग पुर्याउने लक्ष लिएको संस्थाले जनाएको छ । 

यसले आम जनतालाई सार्वजनिक मामिलामा सहभागिता जनाउन आवश्यक पर्ने सूचनाको पहुँच दिई भएका विकास कार्यहरुलाई नतिजाको आधारमा जाँच मूल्यांकन गर्न प्रोत्साहन र सहयोग पुर्याउँछ । त्यस्तै नागरिक समाज र अन्य विकास एजेन्सीहरुलाई विकास सँग सम्बन्धित कार्यक्रमहरुबारे सूचना दिँदा डाटाको प्रयोग गर्न सहजिकरण पनि गर्छ । 

यसका साथै वेबसाईटले नेपालका निजी क्षेत्रहरुलाई व्यवसाय र लगानी सम्बन्धि निर्णयहरु सूचनामैत्री बनाउन सहयोग गर्ने अपेक्षा लिएको छ । पोर्टलमा उपलब्ध डाटा र तथ्यांकहरुले विद्यार्थी¸ रिसर्च ईन्स्टिच्युसन¸ र मिडियाहरुलाई विकास सम्बन्धि मुद्धाहरुमा रिपोर्टिङ¸ रिसर्च र विश्लेषणको लागि सहयोग पुर्याउने छ ।

जसको कारणले विकासको क्षेत्रमा संलग्न पक्षहरुलाई नेपालको विकासका समस्याको पहिचान गर्न र चुनौतिहरुलाई सामना गर्न सहयोग पुग्ने विकास उद्यमी संस्थाको विश्वास छ ।नेपाल ईन डाटामा भएका डाटा र तथ्यांकहरु सरकारले सार्वजनिक गरेका वेबसाईट¸ प्रकाशन तथा रिपोर्टहरुबाट संग्रह गरिएका हुन् ।

आगामी दिनमा अझै धेरै डाटासेट¸ तथ्यांक,¸ ऐतिहासिक घटनाहरुबारे जानकारी थप्ने तथा डाटा प्रक्षेपण जस्ता नयाँ विशेषताहरुलाई स्थान दिने योजना रहेको संस्थाले जनाएको छ ।विकास उद्यमी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा ब्यवसायी संलग्न भएको सोसियल ईनोभेसन हब हो । यसमा युवाहरुले फरक तरिकाले विकास गर्न उद्यमशील सोचहरु साटासाट गर्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको