Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको नाफा र प्रतिशेयर आम्दानी दुवै वृद्धि

कमला भुसाल

मंगलबार, ३१ बैशाख २०७६, १५ : २४ मा प्रकाशित

नागरिक लगानी कोषको नाफा र प्रतिशेयर आम्दानी दुवै वृद्धि

अर्थ संसार, काठमाडौं - नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।  नागरिक लगानी कोषले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा २८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कोषले जम्मा २३ करोड ७९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो।  गत वर्षको तुलनामा यस वर्ष कोषको नाफा २१ दशमलव ५२ प्रतिशतले बढेको हो। 

यस वर्षको नौं महिनाको अवधिमा कोषले जगेडा कोषको आकार पनि बढाएको छ। अघिल्लो वर्ष जगेडा कोषमा ३ अर्ब ६१ करोड २७ लाख जम्मा गरेको नागरिक लगानी कोषले यस वर्ष कोषको आकार ४० दशमलव ८५ प्रतिशतले बढाएर ५ अर्ब ८ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ।  त्यस्तै कोषको शेयर पुंजी  १ अर्ब १० करोड २३ लाख पुगेको छ ।
 
कोषले मुद्दति निक्षेपमा ७६ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा ६ अर्ब ८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ ।  
यस्तै,  नेपाल सरकारको ऋणपत्रमा ४० करोड रुपैयाँ र कर्जामा २१ अर्ब ६ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ ।

नागरिक लगनाी कोषको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ छ । गत वर्ष यसै अवधिमा प्रतिशेयर आम्दानी ३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको