Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले ल्यायो नयाँ वेबसाइट, कस्ता छन् सुविधा ?

कमला भुसाल

मंगलबार, ३१ बैशाख २०७६, १५ : ४५ मा प्रकाशित

सनराइज बैंकले ल्यायो नयाँ वेबसाइट, कस्ता छन् सुविधा ?

अर्थ संसार, काठमाडौं - सनराइज बैंक लिमिटेडले वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउदै नयाँ रुपमा ल्याएको छ ।

बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ वेबसाइट सार्वजनिक गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले उक्त वेबसाइटको औपचारिक रुपमा प्रारम्भ गरेका हुन् ।

नयाँ वेबसाइटमा अनलाइन खाता खोल्ने सुविधा, बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन, प्रतितपत्र, बैंक ग्यारेन्टी प्रमाणीकरण, के्रडिट कार्ड योग्यता जाँच, ऋण योग्यता जाँच जस्ता विभिन्न सुविधाहरु उपलब्धका साथै बैंक सम्बन्धि सम्पुर्ण जानकारीहरु उपलब्ध गराईएको बैंकले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । यी सुविधहरु ग्राहकले मोबाइल मार्फत पनि प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको