सोमबार, ०६ जेठ २०७६
स्याङ्जाको वालिङमा कामना सेवा विकास बैंकको शाखा सञ्चालन
मङ्गलबार, ३१ बैशाख २०७६

अर्थ संसार, काठमाडौं -  कामना सेवा विकास बैंक लिमिटेडले ग्रामिण तथा शहरी भेगमा शाखा विस्तार गरी ग्राहकलाई सहज र सरल तरिकाले सेवा पुर्याउने उद्देश्यले स्याङ्जामा पनि आफ्नो सेवा विस्तार गरेको छ। 

बैंकले स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १३ स्थित झलुङ्गेमा ८४ औं शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका संचालक बलराम बराल र बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा गरेका हुन् ।

हालसम्म बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा कार्यालय र ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved