Like us!
Follow us!
Connect us!
Watch us!

तपाइँको लगानी गर्ने अवसर छुट्यो की ? गुराँस लाइफको ५० प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम मौका

कमला भुसाल

बुधबार, ०१ जेठ २०७६, १० : ०९ मा प्रकाशित

तपाइँको लगानी गर्ने अवसर छुट्यो की  ? गुराँस लाइफको ५० प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं - गुराँस लाइफ इन्सुरेन्सको हकप्रद सेयर भर्ने आज अन्तिम मौका रहेको छ। कम्पनीले गत चैत २८ गतेदेखि बिक्री खुला गरेको ५० प्रतिशत हकप्रदमा लगानीकर्ताले आज अर्थात जेठ १ गते दिनभर कार्यालय समय सम्ममा आवेदन दिन सक्ने भएका छन्।  

कम्पनीले २ बराबर १ को अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । गुराँस लाइफको हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । यसमा चैत ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

लक्ष्मी बैंकको महाराजगञ्ज काठमाडौं, पुल्चोक ललितपुरबाट आवेदन दिन सकिनेछ । यसैगरी, वीरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट आवेदन दिन मिल्नेछ । 
 
यस्तै, इटहरी, दमक, धरान, लहान, वालिङ, वीरेन्द्रनगर, घोराही, जलेश्वरबाट आवेदन दिन मिल्नेछ । श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटा शाखाबाट पनि हकप्रद भर्न पाइने व्यवस्था छ । लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर, काठमाडौं र सी–आस्वाबाट पनि आवेदन दिन सकिन्छ ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको