Like us!
Follow us!
Connect us!
Watch us!

छयाङ्दी हाइड्रोपावरको नाफा ४५ प्रतिशतले वृद्धि

कमला भुसाल

बुधबार, ०१ जेठ २०७६, ११ : ०१ मा प्रकाशित

छयाङ्दी हाइड्रोपावरको नाफा ४५ प्रतिशतले वृद्धि

अर्थ संसार,काठमाडौं- छयाङ्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको प्रतिवेदन सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा ७१ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा ४५ प्रतिशतले बढी देखिएको हो ।

यस अवधिमा हाइड्रोपावरले ४ करोड १५ लाख रुपैयाँ बिद्युत बिक्री मार्फत आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा हाइड्रोपावरको आम्दानी ४४ लाख रुपैयाँ घटेको हो । गत वर्ष हाइड्रोपावरले चार करोड २० लाख रुपैयाँ विद्युत विक्री मार्फत आम्दानी गरेको थियो ।

त्यस्तै हाइड्रोपावरले यस अवधिमा तीन करोड २५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा झिनो मात्रामा सुधार भएको हो । गत वर्षको यसै अवधिमा हाइड्रोपावरले तीन करोड २५ लाख रुपैयाँ सञ्चालन नाफा थियो ।

चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा एक करोड ४१ लाख रुपैयाँ सञ्चित छ । हाइड्रोपावरले प्रतिशेयर आम्दानी २ रुपैयाँ ६४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ २३ पैसा छ । मूल्य आम्दानी अनुपात ३८.२० गुणा बढी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको