Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान र जनसेवी लद्युवित्तको आइपिओमा कति पर्यो आवेदन ?

बुधबार, ०१ जेठ २०७६, ११ : ५३ मा प्रकाशित

स्वाभिमान  र जनसेवी लद्युवित्तको आइपिओमा कति पर्यो आवेदन ?

अर्थ संसार, काठमाडौं– स्वाभिमान माइक्रोफाइनान्स र जनसेवी लघुवित्तले निश्कास गरेको साधारण शेयर (आइपिओ) मा माग भन्दा धेरै गुणा आवेदन परेको छ ।

आवेदन दिने अन्तिम दिन आर्थात मंगलबार साँझसम्म नसेवीको आइपीओ १४.१८ गुणा र स्वाभिमानको आइपीओ ३३.४१ गुणाबढीले आवेदन परेको छ ।

सिडिएससीका अनुसार जनसेवी लघुवित्तको आइपीओमा ३ लाख ३५ हजार ६२१ आवेदकबाट ६१ लाख ४२ हजार ६४० कित्ताका लागि आवेदन परेको छ ।

यो कम्पनीले निश्कासन गर्ने कुल आइपीओमध्ये ७ हजार १४५ कित्ता सो कम्पनीका कर्मचारीका लागि, २३ हजार १६५ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ३२ हजार ९९० सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । यसको अर्थ मंगलबार साँझ ५ बजेसम्म परेको आवेदन मागको तुलनामा १.१८ गुणा बढी हो ।जनसेवीको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेड रहेको छ ।


यता, स्वाभिमान माइक्रोफाइनान्सको आइपीओमा ३ लाख २९ हजार ५९० आवेदकबाट ६२ लाख २ हजार २३० कित्ताका लागि आवेदन परेको छ । कुल निश्कासन हुने कित्तामध्ये ३ हजार ९३ कित्ता सो कम्पनीका कर्मचारीका लागि, ९ हजार ९३० म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । यसको अर्थ कम्पनीको आइपीओमा मागभन्दा ३३।४१ गुणा बढी आवेदन परेको हो ।

दुवै कम्पनीको आइपीओमा परेको आवेदनको यो अन्तिम आँकडा होइन । यसमा सामान्य थपघट हुनसक्नेछ ।

दुवै कम्पनीले शुक्रबारदेखि आइपीओ निश्कासन गरेका हुन् । स्वाभिमानको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको