Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपाल इण्डिया फ्रान्चाइस इन्भेष्टमेण्ट एक्सपो' आजदेखि सुरु

कमला भुसाल

बुधबार, ०१ जेठ २०७६, १२ : १६ मा प्रकाशित

‘नेपाल इण्डिया फ्रान्चाइस इन्भेष्टमेण्ट एक्सपो' आजदेखि सुरु

अर्थ संसार, काठमाडौं- व्यवसाय र उद्यमशीलता विकासका लागि ‘नेपाल इण्डिया फ्रान्चाइस इन्भेष्टमेण्ट एक्सपो एण्ड कनकेल्भ’ बुधबारदेखि काठमाण्डाैमा सुरु भएको छ । जेठ २ गतेसम्म दरबारमार्गस्थित याक एण्ड यती होटलमा हुने यो एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका झण्डै ६० समूह सहभागी हुने छन् । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले स्वदेशमा अन्तर्राष्ट्रिय ब्राण्डका आकर्षण र व्यावसायिक सम्बन्ध विस्तारका लागि एक्सपो गर्न लागिएको जानकारी दिनुभयो । नेपाली ब्राण्डलाई स्तरोन्नति गर्न सहयोग पुग्ने एक्सपोले वैदेशिक लगानीको वातावरण बन्ने र रोजगारी सिर्जनामा सहयोग पुग्ने उहाँको भनाइ थियो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपालस्थित भारतीय दूतावासको सहयोगमा हुने उक्त कार्यक्रममा दई देशबीचका व्यवसायीले लगानीका लागि प्रविधि, कृषि उत्पादन, पर्यटन व्यवसायलगायत क्षेत्रमा सम्भावनाको खोजी गरिने छ । एक्सपोमा भारतीय ब्राण्डका विभिन्न उत्पादनलाई नेपालमा कसरी व्यावसायिक गन्तव्य बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने बताइएको छ । दुवै देशका उद्यमी तथा व्यवसायीबीच व्यापार तथा आर्थिक विकासबारे अन्तर्क्रियासमेत सञ्चालन गरिने छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको