Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकद्वारा आँखा अस्पताल र क्याम्पसको पुस्तकालयलाई सहयोग

कमला भुसाल

बुधबार, ०१ जेठ २०७६, १५ : ५९ मा प्रकाशित

जनता बैंकद्वारा आँखा अस्पताल र क्याम्पसको पुस्तकालयलाई सहयोग

अर्थ संसार, काठमाडौं - जनता बैंकले भरतपुर आँखा अस्पताललाई सहयोग स्वरुप थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भरतपुर आँखा अस्पताल, चितवनलाई करिब २ लाख ६० हजार रुपैयाँ बराबरको उक्त सहयोग प्रदान गरेको हो ।

बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमकाबीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नै वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई ७५ हजार रुपैयाँ बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराइएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको