Like us!
Follow us!
Connect us!
Watch us!

वीरगञ्जमा गरिमा विकास बैंकको शाखा सञ्चालन

कमला भुसाल

बुधबार, ०१ जेठ २०७६, १७ : ०७ मा प्रकाशित

वीरगञ्जमा गरिमा विकास बैंकको शाखा सञ्चालन

अर्थ संसार, काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले वीरगञ्जमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उक्त शाखाको औपचारिक उद्घाटन गरे । 

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाईसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए ।  

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३१ वटा एटीएम संचालनमा छन । गरिमा बैंकले निकट भविष्यमा नै देशकाविभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । 

विकास बैंकले आर्थिक बर्ष २०७५।७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोडनिक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको