Like us!
Follow us!
Connect us!
Watch us!

ओपोका दुई फोनमा डिस्काउण्ट अफर

बुधबार, ०१ जेठ २०७६, १८ : २६ मा प्रकाशित

ओपोका दुई फोनमा डिस्काउण्ट अफर

अर्थ संसार, काठमाडौं– स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६जीबी) भ्यारियण्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । रमजान अफर अन्तर्गत अब यीफोनहरु क्रमशः रु. २७,९९० र रु. १५,९९० मा उपलब्ध हुनेछन् ।
  
अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो । यो फोन विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरुका लागि लक्षित गरी सार्वजनिक गरिएको हो । त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो । 


ए–सिरिज अन्तर्गत सार्वजनिक यी दूबै फोन नेपालमा सर्वाधिक विक्रि भएका हुन् । मितब्ययी मूल्यमै फोनमा उपलब्ध गरिएका मोबाइल फोटोग्राफी अन्तर्गतका नव प्रर्बद्धन तथा उच्च अत्याधुनिक प्रविधिका लागि यिनले उपभोक्तामाझ निकै लोकप्रियता पाएका हुन् । शक्तिशाली ब्याट्री सहित सार्वजनिक गरिएका दुबै फोन यूवा पुस्ता र तिनमा पनि विशेष गरी कलेज जाने पुस्तामाझ लोकप्रिय रहेका छन् । 

४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री सहितको ओपो ए७ मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरिय तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेराको ब्यवास्था गरिएको छ । त्यसैगरी, ओपो एथ्रीएसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपीएआई सक्रियगरिएको फ्रण्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध छ । 

5cdc0ace22684.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको