Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो शुक्रबारदेखि

बुधबार, ०१ जेठ २०७६, १८ : ४३ मा प्रकाशित

अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो शुक्रबारदेखि

अर्थ संसार,काठमाडौ– रत्न पत्थर तथा आभुषणको आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ ।

एस्पोमा गोल्ड, डायमण्ड ज्वेलरी ३६, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी (जेम कटिङ्ग) २, रक एण्ड मिनिरल्स १२, एजुकेसन ४ गरी कूल ६० वटा स्टल  रहनेछन् । एक्स्पोको उद्घाटन प्रधानमन्त्री के पी शर्माले गर्ने कार्यक्रम तय भएका छ । 

बुधबार खानी तथा भूगर्भ विभागको बैठक कक्षामा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले भने– ‘नेपालमा रहेका प्राचिन रत्न तथा पत्थरलाई राष्ट्रिय  र अन्तर्राष्ट्रिय बजारसम्म प्रचार र प्रवद्र्धन गर्नको लागि एक्स्पो गरिएको हो ।’‘हामीले यस एक्स्पोलाई कारोबार भन्दा पनि प्रचारप्रसार ध्यान दिएका छौँ’ अध्यक्ष महर्जनले भने ।

त्यसै गरी सम्मेलनमा बोल्दै खानी तथा भूगर्म विभागका महानिर्देशक डा सोम नाथ सापकोटले भने – ‘यो एक्स्पो सरकार मात्रै एक्लैले  गर्न हुने भएकाले नीजि क्षेत्र र सकार मिलेर गरेको गुर्न परेको हो । ’

एक्स्पोमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल हस्तकला महासंघ लगायतले सहयोग गरेका छन् । ३ दिनसम्म चल्ने एक्स्पोमा सेमिनार समेत चल्ने छ ।

एक्स्पो अवलोकनको लागि सर्वसाधारणका लागि २ सय रुपैयाँको टिकट र विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

5cdc1ab48db7d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको