Like us!
Follow us!
Connect us!
Watch us!

उन्नती माईक्रोफाइनान्सको लिलामी शेयर भर्ने आज अन्तिम मौका

विहीबार, ०२ जेठ २०७६, ११ : ०० मा प्रकाशित

उन्नती माईक्रोफाइनान्सको लिलामी शेयर  भर्ने आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं – वैशाख २६ गतेदेखि लिलामीमा आएको उन्नती माईक्रोफाइनान्सको शेयर भर्ने बिहीवार अन्तिम दिन रहेको छ ।

कम्पनीले अवितरित संस्थापक तर्फको १ हजार २७८ कित्ता र सर्वसाधारण तर्फको ७ हजार ६१७ कित्ता शेयर लिलामीमा ल्याएको हो । प्रतिशेयर न्यूनतम मूल्य रू। १०० तोकिएको हुँदा लिलामी भर्न चाहनेहरुले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोल गर्दा संस्थापकतर्फको लागि न्यूनतम १०० कित्ता र सर्वसाधारण समूहको लागि न्यूनतम १०० कित्ता र सोभन्दा बढीको लागि १० अंकले भाग जाने संख्या वा अधिकत सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । यस हकप्रद विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले लिएको छ ।

कम्पनीले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रू। ३ करोड ६ लाख ७९ हजार खुद नाफा गरेको छ । दोस्रो बजारमा कम्पनीको अन्तिम शेयर मूल्य बुधवार  १ हजार १७४ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको