Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा सुरु

कमला भुसाल

विहीबार, ०२ जेठ २०७६, १२ : ४४ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा सुरु

अर्थ संसार, काठमाडौं-  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा लकर सेवाको प्रारम्भ गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले लकर सेवा संचालक गीता थापा मगरलाई साँचो दिएर लकर सेवाको उद्घाटन गरेका हुन् ।

बैंकले हालसम्म करिब तिन हजार वटा लकर सेवा शाखाहरु संचालनमा ल्याएकोे प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । लकर सेवाको वार्षिक भाडा दर १ हजार पाँच सय देखि तिन हजार रुपैयाँसम्म पर्ने छ भने महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइनेछ ।

बैंककले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा संचालन गरिरहेको छ । बैंकको हाल ७ प्रदेशका ७७ वटै जिल्लामा २ सय १९ वटा शाखा कार्यालय, १ सय ७२ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको