Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्स फण्ड–२ को इकाई खरीद गर्ने आज अन्तिम दिन

शुक्रबार, ०३ जेठ २०७६, १० : ०६ मा प्रकाशित

नबिल ब्यालेन्स फण्ड–२ को इकाई खरीद गर्ने  आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं–  नबिल ब्यालेन्स फण्ड–२ को इकाई खरिद गर्ने शुक्रवार अन्तिम दिन रहेको छ । वैशाख ५ गतेदेखि प्राथमिक बजारमा यस फण्डले सर्वसाधारणका लागि १० करोड २० लाख कित्ता इकाई विक्रीमा ल्याएको हो ।

यस आयोजनाले प्रति इकाई रू। १० दरको १२ करोड इकाई मध्य कोष प्रवर्द्धक नबिल बैंक लिमिटेडका लागि १ करोड ६८ लाख कित्ता इकाई तथा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई १२ लाख कित्ता इकाई सुरक्षित राखी बाँकी सर्वसाधारणलाई जारी गरेको हो ।

यस इकाई विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । न्यूनतम १०० कित्तादेखि १ करोड २० लाख कित्तासम्म आवेदन दिन पाईने यस इकाई खरीदका लागि सि(आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण कार्यालय तथा मेरो शेयर एपमार्फत आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको