Like us!
Follow us!
Connect us!
Watch us!

किन रोकियो एनएमबि बैंकको सेयर कारोबार ?

कमला भुसाल

शुक्रबार, ०३ जेठ २०७६, १४ : १२ मा प्रकाशित

किन रोकियो एनएमबि बैंकको सेयर कारोबार ?

अर्थ संसार, काठमाडौं- एनएमबि बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता भएपछि एनएमबिले सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पत्र पठाएको छ । अब एनएमबिको कारोबार मर्जर सम्पन्न भएपछि मात्र खुला हुनेछ । ओमको भने यसअघि प्राइम बैंकले एक्वायर गर्ने निर्णय भएदेखि नै सेयर कारोबार रोक्का रहेको छ । 
 
तर प्राइमसँगको एक्विजिसन सम्झौता भाँडिएपछि ओम अहिले एनएमबिमा मिसिन लागेको हो । एनएमबि र ओमले बिहीबार एक कार्यक्रम गरी मर्जर सम्बन्धी सम्झौता पत्रामा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा एनएमबि बैंकका सञ्चालक प्रदीपराज पाण्डे र ओमका सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको