Like us!
Follow us!
Connect us!
Watch us!

बिमान दुर्घटना, पाँच जनाको मृत्यु

आइतबार, ०५ जेठ २०७६, १३ : ०० मा प्रकाशित

बिमान दुर्घटना, पाँच जनाको मृत्यु

होन्डुरस– होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहनुभएको छ ।

उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो ।रासस÷एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको