Like us!
Follow us!
Connect us!
Watch us!

जनसेवीको आइपीओ बाँडफाँड सोमबार, पर्ने सम्भावना कति ?

आइतबार, ०५ जेठ २०७६, १३ : ११ मा प्रकाशित

जनसेवीको आइपीओ बाँडफाँड सोमबार, पर्ने सम्भावना कति ?

अर्थ संसार, काठमाडौं–  जनसेवी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ)  सोमबार  बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार  जेठ ६ गते अर्थात सोमबार दिउँसो  ३ बजे क्यापिटलको केन्द्रीय कार्यालय नागपोखरी आइपीओ बाँडफाँट हुनेछ ।
 
जनसेवीले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
 
यस आइपीओमा ३ लाख २८ हजार १९८ जनाले ५९ करोड ९६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसआधारमा १३.१९ प्रतिशत आवेदकले मात्र सेयर पाउने भएका छन् । बाँकी ८६.८१ प्रतिशत लगनीकर्ताको हात खाली हुने देखिन्छ ।

सँगै आइपिओ निश्कासन गरेको स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमीटेडको  आइपिओ  आइतबार आर्थात आज बाँडफाँड भएको छ । यहाँ क्लिक गरी स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ आफूलाई पर्यो कि परेन ? हेर्न सक्नुहुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको