Like us!
Follow us!
Connect us!
Watch us!

जनसेवी लघुवित्तको आइपीओ बाँडफाँड, करिब तीन लाख जनाको रित्तो हात

सोमबार, ०६ जेठ २०७६, १६ : ४८ मा प्रकाशित

जनसेवी लघुवित्तको आइपीओ बाँडफाँड, करिब तीन लाख जनाको रित्तो हात

अर्थ संसार, काठमाडौं- जनसेवी लघुवित्त वित्तीय संस्थाको आइपीओ आज (सोमबार) बाँडफाँड भएको छ।लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएबि क्यापिटलमा उक्त आईपिओ बाँडफाँड भएको हो ।

लघुवित्तमा आवेदन गरेका कूल ३ लाख ३४ हजार ८७४ जना आवेदकमध्ये १२.९३ प्रतिशत अर्थात ४३ हजार २९९ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन्। 

३ लाख ३४ हजार १९७ वटा आवेदनबाट परेको ६० लाख ६६ हजार ५८० कित्ता माग सदर भएको थियो भने ६७७ वटा आवेदनबाट परेको १२ हजार ५६० कित्ताको माग रद्ध भएको बिक्री प्रबन्धक कम्पनी एनएबि क्यापिटलले जनाएको हो। 

उच्च आवेदनका कारण आइपीओमा आवेदक गरेका बाँकी ८७.०७ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५७५ आवेदकले शेयर प्राप्त गर्न नसकेका हुन्। 

कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो। निष्काशित आईपिओ २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई बाँडफाँड गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको