Like us!
Follow us!
Connect us!
Watch us!

ओपो रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर

सोमबार, ०६ जेठ २०७६, १७ : २५ मा प्रकाशित

ओपो  रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर


अर्थ संसार, काठमाडौं– ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)संग सहकार्यका लागि सम्झौता गरेको छ ।  यस संगैओपो अब तीनबर्ष (२०१९–२०२१)का लागि विश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ ।

अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको छ । इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमाप्रिमियम पार्टनरका रुपमा ओपो, स्मार्टफोन उद्योगबाटै रोल्याण्ड गार्रोसको पहिलो पार्टनर हुनुका साथै पहिलो चिनिया प्राविधिक ब्राण्ड पनि हो ।

ओपोका उपाध्यक्षब्रायन शेनले भने, ‘ऐतिहासिक रोल्याण्ड–गार्रोसको प्रिमियम पार्टनर बन्न पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ । २०१९ रोल्याण्ड गार्रोस टूर्नामेन्टका साथमाहामी यस गरिमामय टेनिस टूर्नामेन्टसंगको सहयात्राको सुरुवातगर्नेछौँ । यस सहकार्यले प्रिमियर टेनिस टूर्नामेन्टको लोकप्रियतामा अभ mब्यापकता ल्याउनुका साथै ओपो ब्राण्डलाई पनि अझ बढी उपभोक्ता सम्मपुग्न सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
एफएफटीका अध्यक्ष बर्नाड ज्युजचेलीले भने,‘रोल्याण्ड गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको पहिलो चिनिया पार्टनरका रुपमा ओपोको स्वागतगर्न पाउँदा हामी निकै हर्षित छौँ । यो संयुक्त सम्झौता वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्डको विश्वासको सटिक प्रदर्शनी हो ।  नवप्रबर्तनको सिद्धान्तमा आधारित यो सम्झौता एफएफटीको प्रभाव बढाउन र चीन जस्तो प्रमुख वैश्विकबजारमाआफ्नो उपस्थितीथपदरिलो बनाउने अन्तरराष्ट्रिय रणनीतिसंग मेल खाँदो छ ।’

यो पार्टनरसिपमार्फत ओपो र रोल्याण्ड गार्रोसले ब्राण्ड सजगता, भिडियो कन्टेन्ट उत्पादन, यूवाप्रतिभाविकास र प्रविधितथाउत्पादनअनुभवलगायत क्षेत्रमाउल्लेख्य  सहकार्य गर्नेछ । ओपोको प्रिमियम स्मार्टफोनहरु, फाईन्ड एक्स र रेनोको प्रयोग मार्फत रोल्याण्ड गार्रोसका विशेष पलहरु कैद गरी स्टेडियममा फोटो ग्यालरीका रुपमाप्रदर्शित गरिनेछ ।भविष्यमाओपोले रोल्याण्ड गार्रोसमा अनसाइटरुपमै,विशेष ओपो जोन खडा गरी विश्वभरका टेनिस फ्यानलाई आफ्नानयाँउत्पदनतथाप्राविधिकनवप्रबर्तनहरु प्रत्यक्षअनुभवगर्ने अवसर प्रदानगर्नेछ । यूवाप्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदानगर्ने ओपोको प्रतिबद्धता अनुसार ओपो ‘जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपो’को टाइटल स्पोन्सरका रुपमापनि आवद्ध भएको छ । यसले चीन, भारत र ब्राजिलकाउदयिमानयूवाएथ्लेट्सलाई टूर्नामेन्ट सम्मपुग्न सघाउने छ ।
‘यूरोपमा सर्वाधिकलोकप्रिय खेलका रुपमा रहेको टेनिसकालागि कडा एथ्लेटिसिजम मात्रनभइ सुन्दरता र कलात्मकताको पनिआवश्यकता पर्छ । ओपोको आफ्नो उत्पादनप्रतिको सिद्धान्तसंग यो मिल्दो जुल्दो छ ।’, ब्रायन शेनले भने ‘ रोल्याण्ड गार्रोससंगको यो पार्टनरशिपले संयुक्तभिजनप्रतिबिम्बितगर्नुका साथै हाम्रो यूरोपमाअझ फराकिलो रुपमाउपभोक्तासंग सटिक सम्वाद र सम्बन्ध स्थापितगर्न सघाउनेमाहामीविश्वस्त छौँ ।’
एक वैश्विक ब्राण्डका रुपमाओपोको यूरोपसंग बलियो प्रतिबद्धता रहेको छ । रोल्याण्ड गार्रोससंगको यो सहकार्यले स्पोर्ट्स पार्टनरशिपमार्फत ओपोको प्रतिबद्धतालाई थपदरिलो तरिकाले प्रस्तुतगर्न सघाएको छ ।
रोल्याण्ड गार्रोससंगको यो सहकार्यका साथै विम्बलडन, एफसीबार्सिलोना र ईन्टरनेशनलक्रिकेट काउन्सिल (आईसीसी)ले ओपोको यूरोपियनबजारमाबलियो लगानीको महत्वदर्साउँछ । आफ्नो रणनीति ‘ईन यूरोप, फर ग्लोबल’लाई आधार मान्दै यूरोपियनबजारमाआफ्नो ब्यवसाय बृद्धि गर्दै थपनवप्रबर्तनात्मकउत्पादनतथा सेवाहरु यस क्षेत्र र विश्वभरका उपभोक्तामाझ पस्कन प्रतिबद्ध छ ।

5ce2932e90481.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको