Like us!
Follow us!
Connect us!
Watch us!

क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै भायनेटले ल्यायो ‘क्रिकेट वर्ल्ड कप मेनिया’ अफर

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, १६ : ०२ मा प्रकाशित

क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै भायनेटले ल्यायो ‘क्रिकेट वर्ल्ड कप मेनिया’ अफर

अर्थ संसार, काठमाडौं– नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-home) इन्टरनेट सर्भिस प्रोभाइडर  भायनेट कम्युनिकेसन्स्ले यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वर्ल्ड कपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि“भायनेट क्रिकेट वल्र्ड कप मेनिया”नामक नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र टि.भिको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  इन्टरनेट र टि.भि. को वार्षिक ग्राहकबन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्तालक्की ड्र मार्फत रु. ६००० क्यास ब्याक र ४३ इन्चको एलजि स्मार्ट एलईडी टि.भि जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल विरगंज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भि सेवा सुचारु गरेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको