Like us!
Follow us!
Connect us!
Watch us!

५७ करोड महसुल उठाउन बाँकी

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, १६ : १४ मा प्रकाशित

५७ करोड महसुल उठाउन बाँकी

अर्थ संसार,काठमाडौं- नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रले ग्राहकसँग ५७ करोड महसुल उठाउन बाँकी रहेको छ । प्राधिकरणले ५७ हजार ८६५ ग्राहकसँग चालू आव २०७५/७६ को चैत मसान्तसम्म उक्त महसुल उठाउन बाँकी रहेको छ । 

केन्द्रका प्रमुख गजेन्द्रकुमार चौधरीका अनुसार बाराको ग्रामीण क्षेत्रमा विद्युत् चोरी हुने गेको छ । जिल्लामा ४५ देखि ५० प्रतिशतसम्म विद्युत् चुहावट हुँदै आएको छ । प्राधिकरणले आव २०७४/७५ को वैशाखसम्म विद्युत् चुहावट गर्ने ९३१ जनालाई कारवाही गरी रु एक करोड १४ लाख असुल गरेको छ । प्राधिकरणले बक्यौता नतिर्ने ४३० ग्राहकको लाइन काटेर रु तीन करोड असुल गरेको छ । 

यस्तै प्राधिकरणले बाराका विभिन्न औद्योगिक प्रतिष्ठानसँंग बाँकी रहेको रु दुई करोड ८४ लाख महसुल उठाउन सकेको छैन । जिल्लाको सिमरौनगढ, पिपरपाती, पचरौता, बेनौली, पचुरवा, रामनगर, लक्षमनवा, तेलगाईलगायत ग्रामीण क्षेत्रमा विद्युत् चुहावट नियन्त्रणमा आउन सकेको छैन । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको