Like us!
Follow us!
Connect us!
Watch us!

शेयर सुचिकृत पछि हिमालय ऊर्जाको कारोबार खुला, ओपनिङ्ग रेञ्ज कति ?

कमला भुसाल

बुधबार, ०८ जेठ २०७६, ११ : ४८ मा प्रकाशित

शेयर सुचिकृत पछि हिमालय ऊर्जाको कारोबार खुला, ओपनिङ्ग रेञ्ज कति ?

अर्थ संसार, काठमाडौं- हिमालय ऊर्जा विकास कम्पनीको आज  बुधबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुलेको छ। नेप्सेले मंगलबार कम्पनीको ९९ लाख कित्ता शेयर सुचिकृत गरेपछि बुधबारबाट कारोबार खुलेको हो ।

नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयर कारोबारको लागि एचयुआरजेए कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ९८ रुपैयाँ ३६ पैसा देखि २९५ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।सोहि रेञ्जलाई आधार मानेर बुधबार कम्पनीको शेयर काराबार खुल्नेछ ।

कम्पनीले वैशाख ३ गते उक्त आइपीओ बाँडफाँट गरेको हो । यसले जारी पुँजीको १५ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि हिमालयले ९ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री गरको थियो । स्थानीयको सेयर भने बिक्री भएको ३ वर्षसम्म किनबेच गर्न पाइने छैन । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको