Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फण्ड–२ : सुनौलो भविष्यको लागि लगानीको सु-अवसर

बुधबार, ०८ जेठ २०७६, १५ : ४५ मा प्रकाशित

सिटिजन्स म्युचुअल फण्ड–२ :  सुनौलो भविष्यको लागि लगानीको सु-अवसर

अर्थ संसार, काठमाडौं– शेयरमा लगानी गरी भविष्य सुनौला बनाउन चाहनु हुन्छ ? यदि, भविष्य सुनौलो बनाउनु चाहनु हुन्छ भने म्युचुअल फण्डमा लगानी गर्न सक्नुहुनेछ ।

म्युचुअल फण्डको थोरै लगानी, भविष्यको पेन्सन बन्नेछ । त्यसैले ढुक्क भएर म्युचुअल फण्डमा लगानी गर्नहोस् । यसै बिचमा निश्कासन हुने सिटिजन्स म्युचुअल फण्ड–२ सुनौलो भविष्यको लागि लगानीको सु–अवसर हुनेछ ।

सिटिजन्स म्युचुअल फण्ड–२ जेठ ९ अर्थात बिहीबारदेखि जेठ १३ गतेसम्म खुल्दैछ । प्रति इकाई रु १० का दरले १० करोड इकाई निश्काशन हुनेछ । यस म्युचुअल फण्ड–२ मा लगानी गर्ने लगानीकर्ताले रु १ हजारदेखि रु २० करोडसम्म आवेदन दिन सकिने सिविआई एल क्यापिटल लिमिटेडले जनाएको छ ।

निश्कासन हुने १० करोड इकाई मध्ये बीज पुँजी वापत न्यूनतम १ करोड ५० लाख अर्थात कुल इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताको लागि छुट्टाइएको छ । आवेदन दिने छिटो समयभित्रमा पूर्ण आवेदन नपरेमा समय थप गरिनेछ ।

कहाँबाट आवेदन दिने ?

यस म्युचुअल फण्ड–२ मा लगानी गर्ने इच्छुक लगानीकर्ता र संस्थाले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्थाहरुबाट र अनलाइनमार्फत मेरो शेयर खात प्रयोग गरी घरबाटै आवेदन दिन सक्नुहुनेछ ।

सिटिजन्स म्युचुअल फण्ड–२ का विशेषताहरु

१, दक्ष पुँजी व्यवस्थापन
२, लगानी विविधिकरण
३, न्यून जोखीम
४, साना तथा ठूला सवै लगानीकर्ताको लागि सु–अवसर
५, योजनाबद्ध लगानी तथा प्रतिफल
६, पूँजी बजारमा कारोबार गर्न सकिने

5ce5488dd3ae5.jpg 5ce548b39a960.jpg 5ce5490e5309c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको