Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्डमा लगानी को अवसर: आजबाट बजारमा सिटिजन्स म्युचुअल फण्ड–२

मिलन खड्का

शुक्रबार, १० जेठ २०७६, ०८ : १७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ (Citizen Mutual Fund II) बिहीबारबाट सर्वसाधारणको लागि खुला गरिएको छ ।   

प्रति इकाई रु १० का दरले १० करोड इकाई निश्काशन हो। यी इकाई मध्ये बीज पूँजी वापत न्युनतम १,५०,००,०००(एक करोड पचास लाख) अर्थात कुल इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक श्री सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई  मिति २०७६ जेष्ठ ९ गते बिहिबारदेखी मिति २०७६ जेष्ठ १३ गते सोमबारसम्मसर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको व्यहोरा जानकारी दिएको छ।  

आवेदन दिने छिटो समयभित्रमा पूण आवेदन नपरेमा समय थप गरिनेछ ।

कहाँबाट आवेदन दिने ?

नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा (ASBA)  सदस्य रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट वा अनलाइनमार्फत MeroShare खाता प्रयोग गरी आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । इच्छुक आवेदकले न्युनतम १००(एक सय) इकाई देखि अधिकतम २,००,००,०००(दुई करोड) इकाई सम्म आवेदन गर्न सक्ने छन् ।

सिटिजन्स म्युचुअल फण्ड–२ का विशेषताहरु

सिटिजन्स म्युचुअल फण्ड–२ को निम्न विशेषताहरु रहेका छन् :

  •  सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत जारी हुने दोस्रो बन्दमुखी सामुहिक लगानी योजना 

  • योजनाको आकार :१ अर्ब रुपैयाँ 

  • योजना परिपक्व हुने मिति : इकाई बाँडफाँड भएको मितिले ७ वर्ष 

  • कोष प्रवद्र्धकः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड 

  • कोष व्यवस्थापकः सि.बि.आई.एल क्यापिटल लिमिटेड ।

  • प्रति इकाई मूल्य :रु. १०

  • आवेदन दिन पाउने अधिकतम इकाई सङ्ख्या : २,००,००,००० (२ करोड)

  • सर्वसाधारण लगानीकर्ताहरुलाई अधिकतम प्रतिफल उपलब्ध गराउने उद्धेश्यले अप्रत्यक्ष लगानी सम्बाहकको रुपमा यो कोषको संचालन गरिएको ।

  • प्रति इकाई १० रुपैयाका दरले रु.१००० देखी लगानी गर्न सकिने भएकाले थोरै रकम लगानी गरेर पनि विविधिकृत लगानीको को हिस्सेदार बन्न पाइने ।

  • व्यक्ति तथा संगठित सस्था जो सुकैले पनि लगानी गर्न सक्ने ।

  • तरलताको लागि नेपाल स्टक एक्सचेन्जमा सूचिकरण हुने भएकाले सहज किनबेच गर्न सकिने

  • लगानी गर्दा लगानी व्यवस्थापनमा दक्षता हासिल गरेका व्यक्तिबाट बजार तथा साधनहरुको अध्ययन र विश्लेषण गरेर मात्र लगानी गरिने हुँदा लगानी जोखिम कम हुने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको