Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै

कमला भुसाल

विहीबार, ०९ जेठ २०७६, १७ : २३ मा प्रकाशित

प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै

अर्थ संसार, काठमाडौं- प्रभु बैंकले पनि ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।  बोर्डको अनुमति पश्चात बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले १० प्रतिशत व्याजदरमा १० वर्ष अवधिका लागि प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको हो । जसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । उक्त ऋणपत्र बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

बैंकले ‘१०% प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको